९ कार्तिक २०८३, सोमबार

राप्रपाका सहायकमन्त्री शाहसहित २८ नेता–कार्यकर्ता एमालेमा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौँ, २९ माघ । पार्टीको विचार, कामप्रति असन्तुष्टि जनाउदै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व सहायक महामन्त्री गोविन्दविक्रम शाहसहित साढे दुई दर्जन नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय बल्खुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल लगायतका नेताले राप्रपाका पूर्वसहायक मन्त्री शाहलाई स्वागत गर्नुभयो । शाह जाजरकोटका पूर्व सांसद् पनि हुनुहुन्छ ।

उहाँसँग पार्टी प्रवेश गर्नेमा जाजरकोट जिल्ला विकास समितिका पूर्व सभापति धनबहादुर अधिकारी, सो पार्टीका जिल्ला अध्यक्ष कमान खड्का, जिल्ला उपाध्यक्ष देवेन्द्रप्रसाद शर्मा र कृष्णविक्रम शाह, जिल्ला सचिव ध्रुवप्रसाद शर्मालगायत २८ जना हुनुहुन्छ ।

जिल्लास्तरका कार्यकर्तालाई जिल्लामै आयोजना हुने कार्यक्रममा पार्टी प्रवेशमा गराइनेछ । कार्यक्रममा एमाले अध्यक्ष ओलीले अन्य पार्टीमा बसेर अल्मलिनुभन्दा आफ्ना पार्टीमा आएर देश बनाउन अपिल गर्दै भन्नुभयो, “एमाले जीवनमयी पार्टी हो, अब यो रकेट र प्रकाशको ध्वनि झैं गतिमा अघि बढ्न चाहन्छ ।”

एमालेको शान्ति र देशभक्तिप्रतिको अडान देखेर केही दल अत्तालिएको भन्दै उहाँले भन्नुभयो, “एमाले ६५ वर्षे कपाल नफुलेको पाको पार्टी हो ।

यसले आफूलाई चिन्ह सक्नुपर्छ । आँटेपछि हनुमानले पनि उफ्रेर समुद्र तरेका थिए । हामीले पनि नेपाललाई विकासशील बनाउन एकिकृत हुनु जरुरी छ ।” उहाँले एमालेमा नयाँ आएका पदाधिकारीलाई उपयुक्त पद दिने पनि बताउनुभयो ।