दोहा, ४ वैशाख । कतार एयरवेजले कतार एयवेज केटरिङ कम्पनी (क्यू.ए.सी.सी.) लाई एयरलाइनको दोहादेखिका अन्तर्राष्ट्रिय उडान एवं दोहा हमाद अन्तर्राष्ट्रिय विमानस्थलका लाउन्जहरूका निम्ति ताजा खाद्य सामाग्री उपलब्ध गराउन कतारत एग्रिकल्चरल डेभेलप्मेन्ट (क्यू.ए.डी.सी.ओ.) सँगको सहकार्य घोषणा गरेको छ ।
एयरलाइन र क्यू.ए.डी.सी.ओ बीचको दुई वर्षे सम्झौता कतार एयरवेजको कतार नेशनल २०३० परिकल्पना प्रतिको प्रतिबद्धताको एक नमूना हो ।
कतार एयरवेज केटरिङ कम्पनीले कतार एयरवेजको दोहादेखि प्रस्थान हुने उडानहरूको सम्पूर्ण क्याबिन क्लासहरू तथा अल मौर्जन बिज्नेस एवं अल सफ्वा फस्र्ट क्लास लाउन्जहरूमा प्रदान गरिने भोजनका लागि काँक्रो, बन्दा, लौका, गाँजर, गोलभेडा, प्याज लगायतका ताजा फलफूल तथा तरकारी खरिद गर्नेछ ।
कतार एयरक्राफ्ट केटरिङ कम्पनीका वरिष्ठ उपाध्यक्ष माइकल विन्नरले भने, ‘कतार राज्यको राष्ट्रिय वाहकको रुपमा हामी ताजा उत्पादन कतारी खेतहरुबाट सिधै क्यू.ए.सी.सी सम्म ल्याउन क्यू.ए.डी.सी.ओ सँग सहकार्य गर्दै कतारको यस राष्ट्रिय खाद्य सुरक्षा अभियानमा साथ दिन पाउँदा निकै गौरवान्वित महसुस गर्दैछौँ । यस सम्झौता कतार एयरवेजको स्थानीय खाद्य सुरक्षा अभियानप्रतिको निरन्तर प्रतिबद्धताको एक नयाँ कोशेढुंगा पनि हो ।’















प्रतिक्रिया