९ कार्तिक २०८३, सोमबार

पार्टी एकतामा लाग्ने ‘तीन माओवादी’ नेताहरूको धारणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoust

काठमाडौँ, २९ माघ । विभिन्न पार्टीमा विभाजित माओवादीका नेताहरूले परिवर्तनको एजेण्डा संस्थागत गर्न आफूहरू मिलेर सङ्घर्षमा जाने बताएका छन् ।

‘माक्र्सवादी राजनीतिकशास्त्र’ नामक पुस्तकमाथि चर्चा गर्न विहीवार यहाँ आयोजित छलफल कार्यक्रममा उनीहरूले माओवादी विभाजनको फाइदा उठाई यथास्थितिवादी संविधान ल्याउन खोजिएको बताउँदै त्यसलाई रोक्न मिलेर जाने प्रतिबद्धता व्यक्त गरे ।

एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले माओवादी आन्दोलनलाई विभाजन र विसर्जन गर्ने विभिन्न षड्यन्त्र भइरहेकोले अहिलेको आवश्यकता एकता भएकोमा जोड दिनुभयो ।

उहाँले माओवादी फुटेको देखिएपनि कुनैपनि माओवादीले माक्र्सवादको आधारभूत कुरालाई नछोडेकाले फेरी एक हुने आधार रहेको धारणा राख्नुभयो ।

नेकपा–माओवादीका प्रवक्ता पम्फा भुसालले प्रतिक्रान्ति तीव्ररुपमा अगाडि बढिरहेको छ भन्दै त्यसविरुद्ध सशक्त आन्दोलनको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

सिद्धान्त र व्यवहारबीच तालमेल नमिलेकाले नेपाली कम्युनिस्ट आन्दोलनमा समस्या पैदा भएको उहाँको भनाइ थियो ।

नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य इश्वरी दाहालले जनयुद्धले उठाएका मुद्दाले पूर्णता नपाइसकेकाले त्यसका लागि क्रान्तिकारी माओवादी एक भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।