२९ आश्विन २०८३, बिहिबार

नाफा बढेपछि टेलिकमले ‘इन्टरनेट मूल्य’ सहुलियत बनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-telecom

काठमाडौं, २९ माघ । नेपाल टेलिकमले लक्ष्यभन्दा बढी नाफा आर्जन गरेपछि सेवाग्राही थप सहुलियत मूल्यमा सेवा दिने तयारी गरिरहेको छ । भर्खरै ११औं वार्षिकोत्सव मनाएको टेलिकमले नाफा बढेपछि सेवामा सहुलियत दिन लागेको हो ।

जसअनुसार इन्टरनेट सेवालाई सस्तो बनाउने तयारी भइरोखको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सेवाग्राही सेवामा राहत दिन इन्टरनेट सेवा सस्तो बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । ‘सस्तो इन्टरनेट सेवाबाट हाम्रा ग्राहकहरुले थप राहत पाउने छन्, टेलिकमप्रतिको विश्वास बढ्नेछ ।’ उहाँले भन्नुभयो ।

नेपाल टेलिकमले चालु बर्षको पहिलो ६ महिनामै ६ अर्ब ६४ करोड रुपैयाँ नाफा गरेको थियो । नाफा दोब्बरले बढेपछि सेवामा सहुलियत ल्याइएको प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो । जसअनुसार इन्टरनेटमा न्युन पैसामा पनि चलाउन पाइने छ ।

टेलिकमले इन्टरनेट चलाउन लोन पनि दिनसक्ने प्रावधान बनाउदै छ । सुथप मुल्यमा इन्टरनेट चलाउन पाए ग्राहकको संख्या अझै बढ्ने टेलिकमको अनुमान छ । यस्तै, कम्पनीले जिएसएम, स्काई, पोस्टटपेड र प्रिपेडमा ११ प्रतिशत छुट दिएको छ।

कम्पनीले सेवा बिक्रीबाट मात्रै १८ अर्ब ६ करोड रुपैयाँ कमाएको छ, जुन अघिल्लो बर्षको तुलनामा झन्डै दोब्बर हो । अन्य आम्दानीहरु पनि एक अर्ब ८३ करोड रुपैयाँ गरेको छ । कम्पनीले कुल खर्च भने १० अर्ब ५४ करोड रुपैयाँ गरेको छ । कम्पनीले दुई अर्ब ७३ करोड व्यक्तिगत खर्च, सञ्चाल तथा मर्मत संभार तीन अर्ब ३३ करोड, प्रशासनिकमा ९८ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ ।

यस्तै, जिएसएम, स्काई फोन पोस्टपेड मोबाइलमा मासिक ३ सय एमबी डाटा माघ २२ देखि फागुन ३० सम्म अवधि रहने गरि निःशुल्क उपलब्ध गराएको छ। भने यसलाई निरन्तरता दिने विषयमा टेलिकमले योजना बनाइरहेको छ ।

कम्पनीले १५ सय १० मा जिएसम स्काइ पोस्टपेडमा खरिदमा फागुन २९ गतेसम्म ३ महिना रहने गरी एक जिबी डाटा निःशुल्क र दुई सयमा जिएसएम स्काइ प्रिपेड खरिदमा २ सय जिबी डाटा ३ महिना रहने गरी निःशुल्क प्रदान गरेको छ। वाइम्याक्स सेवामा पनि २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने घोषणा कम्पनीले गरेको छ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत महिला स्वास्थ्यकर्मीहरुलाई प्रत्येक १० मिनेटको १ रुपैयाँ बोनसलाई निरन्तरता दिएको छ।

वार्षिकोत्सवको अवसरका कम्पनीको ‘नेपाल टेलिकमु र ‘एनटी प्रोु एप समेत सुरु गरेको छ । नेपाल टेलिकम एपमार्फत कम्पनीका जिएसएम, सिडिएमए र एडिएसलका सेवाहरुको बारेमा जानकारी लिन सकिने कम्पनीले जनाएको छ।