काठमाडौं, २९ माघ । बलिउडका बादशाह ‘किङ्ग’ अभिनेता शाहरुख खान नेपाल आउने मिति तय भएको छ । तोकिएको मिति अनुसार शाहरुख आगामी फागुन २४ गते नेपालको राजधानी काठमाडौं आर्लिदै छन् ।
कान्साई न्यारोल्याक पेन्टस्ले शाहरुखलाई काठमाडौं उर्तान लागेको हो । शाहरुख न्यारोल्याक पेन्टस्का व्राण्ड एम्बेसडर पनि हुन् । दशैतिहारका बेला नै शाहरुख आउने चर्चा गरिएपनि अनुकुल समय नमिल्दा आउने मिति तय गरिएको थिएन् ।
कान्साई न्यारोल्याक पेन्ट्सले शाहरुखलाई नेपाल ल्याउन १ वर्षदेखि प्रयास गरिरहेको थियो । तर १ वर्षपछि उक्त प्रयास सफल हुने देखिएको छ । दुई भ्रमणका लागि नेपाल आउन लागेका शाहरुखले स्टेज कार्यक्रममा सहभागि जनाउनेछन् ।
होटल याक एण्ड यति वा ह्यात रिजेन्सी मध्ये कुनै एकमा शाहरुखले स्टेज शो चलाउनेछन् । नेपालका अभिनेत्री प्रियंका कार्की, अकेषा विष्ट र अभिनेता विल्सन विक्रम राईले पनि स्टेज शेयर गर्दैछन् ।
शाहरुखको सम्पूर्ण सुरक्षा प्रबन्ध भारतीय राजदुतावासले गर्ने बताइएको छ । शाहरुख आफ्नै चार्टड विमानबाट बिहान ११ बजे काठमाडौं ओर्लिनेछन् । त्यसैदिन स्टेज कार्यक्रममा सहभागि हुनेछन् । दोस्रो दिन विहानै मुम्बई फर्किने कार्यक्रम तय गरिएको न्यारोल्याक पेन्ट्सले जनाएको छ ।
शाहरुखको कार्यक्रममा सर्वसाधारण दर्शकले प्रत्यक्ष उपस्थित हुन पाउने छैनन् । टिकट व्यवस्थापनमा समस्या देखिएकाले फ्यान फलोअरलाई थेग्न नसकिने भएकाले विशिष्ट श्रेणीका सेलिब्रेटी, पत्रकार एवं व्यवसायीले मात्र शाहरुखलाई भेट्न पाउनेछन् ।
















प्रतिक्रिया