काठमाडौं, २ वैशाख । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरूलाई लक्षित गरी २०७६ वैशाख १ गतेदेखि लागू हुने गरी तीन नयाँ आकर्षक योजनाहरू ल्याएको छ ।
बैंकले भिसा डेबिट कार्ड र मोवाइल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ । भिसा डेबिट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्स्टेन्ट भिसा डेबिट कार्ड सेवा सुविधा शुरु गरेको छ ।
यस सुविधा अन्तर्गत ग्राहकले भिसा डेबिट कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरूले तुरुन्त भिसा डेबिट कार्ड लिन पाउनेछन् ।
मुक्तिनाथ भिसा डेबिट कार्ड बाहक ग्राहकहरूले नेपालको जुनसुकै बैंकका एटिएमबाट विना कुनै अतिरिक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ ।
मुक्तिनाथ स्मार्ट बैंकिङ्ग एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा दश प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा पाँच प्रतिशतसम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ ।
हाल बैंकले ११४ वटा शाखा तथा २२ वटा ए.टि.ए.मबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया