२ कार्तिक २०८३, सोमबार

संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित, के-के भयो बैठकमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash-Nemwang-BICC_CA_Meeting

काठमाडौं, २९ माघ । संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

दलहरुबीच वार्ता र संवादको ढोका बन्द भएपछि सहमतिका लागि वातावरण सिर्जना गर्ने भन्दै बैठक स्थगित गरिएको हो । संविधानसभा अध्यक्ष सुवास नेम्वांगले यसअघि दलहरुलाई सहमतिका लागि १० दिने समयावधि दिने बताउनुभएको थियो ।

संविधानसभाको बिहीबारको बैठकमा प्रश्नावली प्रस्ताव निर्माण समितिको प्रतिवेदन अनुमोदन गरिएको छ । बैठकमा प्रतिवेदन पेश गर्दै समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले विवादका १०३ विषयमा २३२ प्रश्न बनाइएको जानकारी दिनुभयो ।

एमाओवादी मोर्चा र राप्रपा नेपालले भने संविधानसभा बैठक बहिष्कार गरे । नेपाल मजदुर किसान पार्टीले पनि अनुमोदित प्रतिवेदनका कतिपय विषयमा विमति जनाएको छ ।

एमाओवादी मोर्चाले निरन्तर बैठक बहिष्कार गरिरहेको छ भने राप्रपा नेपाल यसअघि नै पारित भइसकेका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका विषयमा पनि पुनः छलफल हुनुपर्ने माग गरिरहेको छ ।

माघ ८ यता दलहरुबीच संवादको वातावरण सिर्जना हुन सकेको छैन । जसले संविधान निर्माण समेत अन्यौलमा परेको छ ।