नयाँदिल्ली २९ माघ । श्रीमतीसँगको सम्बन्धको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि प्रश्न उब्जिएको छ ।
‘बेटी बचाओ (छोरी बचाउ) अभियान’को सुरुवातकर्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘खाप’ नामको पञ्चायतले श्रीमतीसँगको सम्बन्धको विषयलाई लिएर स्पष्टीकरण सोधिने भएको छ । आगामी मार्च महिनामा प्रधानमन्त्री मोदीलाई महापञ्चायतका बीचमा बोलाएर प्रश्न सोध्न लागिएको हो ।
उनीहरुको प्रश्न छ, ‘बेटी बचाओ’ अभियानका सुरुवातकर्ता प्रधानमन्त्री मोदीज्यू, तपाई किन आफ्नो श्रीमतीलाई संगै राख्न सक्नुहुन्न ?’
सर्व जातीय ‘खाप’का पूर्व प्रधान महाबीर सिंह डूमरखांले उत्तरभारतका सबै ‘खाप’लाई उपस्थित हुन पत्र लेखेका छन् ।
शनिवार भारतका सञ्चारकर्मीसंग कुराकानी गर्दै सर्वजातीय खापका पूर्व प्रधान डूमर खांले भने, ‘छोरी बचाउको अभियान चलाउने प्रधानमन्त्रीलाई हामीले खापको कठघरामा उभ्याउदै छौं ।’
मोदीले आफ्नी पत्नि जशोदा बेनलाई अलग राख्दै आएका छन् । खापको आग्रहपछि मोदीले आफ्नी पत्नीलाई अपनाउने विश्वास लिइएको छ । ‘खाप’का पूर्व प्रधान महाबीर सिंह डूमरखांले भने, ‘प्रधानमन्त्री मोदीले आफ्नी पत्नीलाई केही समय आफूसँग राखेर छोडे । यो नारीको अपमान हो ।’
‘यदि महिलाहरुप्रति मोदीको मनमा थोरै मात्र पनि सम्मानको भावना छ भने, उनले पत्निलाई आफैसंग राख्नेछन् ।’ डूमरखांले भनेका छन् ।
















प्रतिक्रिया