४ कार्तिक २०८३, बुधबार

यस्तो छ नेपाल टेलिकमको नयाँ वर्ष अफर

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेपाल टेलिकमले नयाँ वर्षको अवशर ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको छ । टेलिकमले डाटा, भ्वाइस कल तथा एसएमएस प्याक उपलब्ध गराउने भएको छ ।

अफर अनुसार २ सय रुपैयाँमा ग्राहकले एउटा प्याकेज खरिद गर्न सक्नेछन् । उक्त प्याकेजमा ३ जीबी डाटा, कम्पनीकै नेटवर्कभित्र २ सय मिनेट भ्वाइस कल र २ सय वटा एसएमएस उपलब्ध हुनेछ ।

प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहने छ। योे प्याक २०७५ चैत ३० देखि बैशाख २ सम्म खरिद गर्न सकिने छ। यसका लागि एन्टीसी सिम प्रयोगकर्ताले १४१५ डायल गरेर पनि प्याक खरिद गर्न सक्नेछन् ।