खोटाङ २९ माघ । एक युवकले विहेको भोज खान गएकी युवतीलाई जबर्जस्ती झाडीमा बलात्कार गरेका छन् । खोटाङ बुइपा–२ का १८ वर्षीय उदेश राईले छिमेकी युवतीलाई विहे भोजबाटै उठाएर झाडीमा लगेर बलात्कार गरेका हुन् ।
उनले युवतीको मुख छापेर झाडीमा लगेका थिए । उनले रातभरी ती युवतीसंग बलात्कार गरेको पीडित परिवारले जनाएको छ । बलात्कारपछि फरार राईलाई प्रहरीले पक्राउ गरेको थियो ।
स्थानीयवासी किशोरीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा बुइपा–२ का १८ वर्षीय राई पक्राउ परेका हुन् ।
छिमेकीको विवाह भोजबाट तानेर झाडीतर्फ लगी जबर्जस्ती बलात्कार गरेको भनी आफन्तले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ मुद्दा शाखाका प्रहरी नायब निरीक्षक यादव गौतमले जानकारी दिनुभयो ।















प्रतिक्रिया