४ कार्तिक २०८३, बुधबार

सुजुकीको वे अफ लाइफ डिजाइनको नयाँ शो रूपमा धोवीघाटमा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । सुजुकी गाडीको आधिकारीक विक्रेता सीजी मोटोकर्पले वे अफ लाइफ डिजनाइनको नयाँ शो रुम धोबीघाटमा खोलेको छ ।
कम्पनीको आधिकारीक स्टेट अफ द आर्ट शो रूमको उद्घाटन मारुती सुजुकी इन्डिया प्रालिका कार्यकारी निर्देशक शशांक श्रीवास्तव, सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले गरेका थिए ।

उक्त शो रूम सुजुकीको प्रमूख हुनेछ । यसले सुजुकी ब्रान्डका अत्यावश्यक कारकहरू उत्पादन, डिजाइन र खरिददारहरूलाई प्रोत्साहन सामग्री समावेश गरेको छ ।

गुणस्तरीय र आवश्यक सेवा प्रदान गर्ने बताउँदै व्यापार यूनिटका प्रमुख सिरज पन्त भन्छन्,‘ ग्राहकहरु शो रुममा गाडी किन्नका लागि मात्र नभई उत्साह खोज्न आउँछन्, जुन अरु कहीं पनि पाउन सक्दैनन् । यस नयाँ शो रुम र यसको वातावरणले उनीहरुलाई त्यो उत्साह प्रदान गर्नेछ ।’

सुजुकीले देशभर बिक्री, सेवा र जेन्यून स्पेयर पार्टको सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गर्दछ ।कम्पनीले ३३ सेल्स, ३६ सेवा सञ्जाल र थप २००भन्दा बढी आउटलेटको दावी गरेको छ ।