२ कार्तिक २०८३, सोमबार

जेठी घरमा नभएको बेला कान्छी ल्याउदा फन्दामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २९ माघ । जेठी श्रीमती घरमा नभएको बेला कान्छी भित्र्याउँदा खोटाङका एक युवक कानुनी फन्दामा परेका छन् ।

खोटाङको मौवाबोटे–६ का भूमिराज राईले जेठी श्रीमती प्रमिला कारागार गएका बेला अर्की युवतीलाई कान्छी श्रीमती बनाएर ल्याउदा उनी कानुनी भन्दामा परेका हुन् ।

जिल्ला अदालतले बहुविवाह गरेको आरोपमा उनलाइ र उनकी कान्छी श्रीमतीलाई एक एक वर्ष कैद र जनही रु १० हजार जरिवानाको फैसला सुनाएको छ ।

जेठी श्रीमती कारागार परेको समयमा दोस्रो विवाह गरेको आरोपमा राई कान्छी श्रीमतीसहित पक्राउ परेका थिए ।

आफू कारागारमा रहेको समयमा विदेशबाट फर्किएका श्रीमानले गत वर्ष फागुन १४ गते दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती प्रमिलाले फागुन २९ गते जिल्ला कारागार खोटाङबाटै श्रीमान्विरुद्ध उजुरी दिनुभएको थियो ।