२ कार्तिक २०८३, सोमबार

एमाओवादी मोर्चाको आन्दोलनलाई जनताले नस्विकार्ने : एमाले उपाध्यक्ष रावल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim-rawalधनगढी, २९ माघ । एकीकृत नेकपा माओवादीको आन्दोलनलाई जनताले नस्विकार्ने नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले बताउनुभएको छ ।

जनताको अहितमा हुन लागेको आन्दोलनले कसैलाई फाइदा नहुने भन्दै कार्यकर्ताबाटै आन्दोलनको प्रतिकार हुने अवस्था आउने उहाँले ठोकुवा गर्नुभयो । आन्दोलन सफल नभएपछि प्रतिपक्षीहरु फेरी संविधानसभामा फर्किएर आउने उहाँको भनाई थियो ।

उहाँले अबको केही महिनाभित्रै संविधान जारी हुने दाबी समेत गर्नुभयो । प्रेस चौतारी नेपाल कैलालीले विहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रक्रियाबाट संविधान निर्माण गर्ने कार्य अघि बढिसकेकाले केही महिनाभित्रै संविधान जारी हुने बताउनुभयो ।

रावलले भन्नुभयो, “हामी वार्ता र प्रक्रियासँगसँगै संविधान निर्माणको काम अघि बढाउँछौँ, त्यसका लागि एमाओवादीसहित मधेसीमोर्चा तयार हुनुपर्छ ।” उहाँले संविधान वाहिर रहेका दललाई सहमतिमा आउन आग्रह समेत गर्नभयो ।