काठमाडौं, २८ चैत । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिको नाममा बनाएर धितो राखी विभिन्न बैंकरवित्तीय संस्थाबाट अर्बौँ रुपैयाँ ऋण लिएको पाइएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
ललितानिवासका तत्कालीन भोगधिकारी रुक्मशमशेर राणालगायतबाट २०६० सालमा व्यक्ति तथा संस्थालाई गैकानूनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिब एक दर्जन बैंक, वित्तीय संस्थाले कर्जा प्रवाह गरेको तथ्य खुलेको हो ।
सरकारले उक्त जग्गा फिर्ता लिए बैंकहरूले प्रवाह गरेको कर्जा रकम के हुने भन्ने अन्योल देखिएको छ ।















प्रतिक्रिया