३० आश्विन २०८३, शुक्रबार

भ्यालेन्टाइन डेमा प्रेमिकालाई भुलेर पनि दिन नहुने १० उपहार, के-के हुन हेर्नुस् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Girl-friend

भ्यालेन्टाइन डेमा तपाईं प्रेमिकालाई केही खास उपहार दिँदै हुनुहुन्छ भने ख्याल गर्नुस्, भुलेर पनि नदिनुस् यी १० वटा उपहार । जसले तपाईंको प्रेम सम्बन्ध गाढा होइन्, झनै संकट आइपर्न सक्छ ।

सस्तो माला तथा गहना

Girl-friend-Gift1

सस्तो माला तथा गहनाले तपाईंप्रति प्रेमिकाको प्रभाव कम हुन सक्छ । यस्ता उपहारले तपाईंको हैसियतमाथि नै उनले प्रश्न उठाउन सक्छिन् ।

भीडभाडमा पार्टी

Girl-friend-Gift2

यदि तपाईं आफ्नी प्रेमिकाको साथमा घुम्न जाँदै हुनुहुन्छ, या उनलाई भेट्दै हुनुहुन्छ भने भीडभाड भएको ठाउँमा भेटघाट र पार्टी नदिनुस् । यसले उनको मन एकाग्र होइन्, झन तनाव सिर्जना गर्न सक्छ ।

मनपर्ने गीतको सिडी

Girl-friend-Gift3

यदि तपाईंले भ्यालेन्टाइन डेको दिन उनलाई आफ्नो मनपर्ने गीतको सिडी उपहार दिनुभयो भने उनको ध्यान त्यतैतिर मात्र जान सक्छ । जसले उनी त्यही गीतमा लठ्ठ भएर आत्मकेन्द्रित हुन सक्छिन् । तपाईंको भ्यालेन्टाइन डे नै फिक्का हुन सक्छ ।

गिफ्ट भौचर

Girl-friend-Gift4

तपाईंको मनमा जस्तोसुकै भए पनि डेटिङमा जाने बेला तपाईं सपिङ भौचर नदिनुस् । यो तपाईंको प्रेमिकाका लागि रोमान्टिक नलाग्न सक्छ ।

स्टाइल पार्ने औजार

Girl-friend-Gift5

बजारमा विभिन्न कम्पनीका स्टाइलिङ प्रोडक्ट्सहरु पाइन्छ । यदि तपाईंलाई त्यो सामानको बारे सही जानकारी छैन भने प्रेमिकालाई दिँदा रिस्क हुन सक्छ ।

स्टाइलिस्ट कपडा

Girl-friend-Gift7

स्टाइलिङ औजारहरु जस्तै तपाईंलाई थाहा नभएका कम्पनीका कपडा पनि उपहार नदिनुस्, ब्राण्ड र क्यालिटीमा ख्याल गर्ने प्रेमिकाले त्यसमा आपत्ति पनि जनाउन सक्छिन् ।

धार्मिक चीज तथा लफिङ बुद्ध

Girl-friend-Gift6

धार्मिक चीज या लफिङ बुद्ध जस्ता सामान नदिनुस्, कमसेकम भ्यालेन्टाइन डेको दिनमा त झन दिँदै नदिनुस् ।

भिडियो गेम

Girl-friend-Gift8

भिडियो गेम उपहार आफ्नो साथीको लागि त ठीकै होला । तर, प्रेमिकालाई यसले दिक्क मात्रै बनाउँछ ।

साइज थाहा नभए कपडा नदिनुस्

Girl-friend-Gift9

यदि तपाईंलाई आफ्नी प्रेमिकाको शरीरको साइज थाहा छैन भने कपडा दिनबाट बच्नुहोस् । त्यो उपहार भन्दा पनि झगडाको बिउ बन्न पनि सक्छ ।

नरम खेलौना

Girl-friend-Gift10

नरम खेलौना आज भन्दा एक दशक पुरानो चलन हो । त्यसैले तपाईं केही नयाँ उपहार सोच्नुहोस् ।

– एजेन्सीको सहयोगमा / दैनिक नेपाल डेस्क