४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् ।

आइतबार बसेको २७ औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका देवकोटालाई आउँदो बैशाख १ गते बाट लागु हुने गरि नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले बैंकका प्रमुुख सहायक कार्यकारी अधिकृत गणेशराज पोखरेल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपछि सहायक अधिकृतमा देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

देवकोटाले स्थापनाकाल देखिनै बैंकसँग आवद्ध भई लामो समयदेखि विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एम.फिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ् एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ् सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले शाखाहस्सँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरु छिटो, छरितो, चुस्त र दुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, बैंक इन्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।