
काठमाडौं, २५ चैत । यो साता सुरु भएसँगै सुनको भाउमा वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार पुनः बढेको छ ।
आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेर ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन सोमबार ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउमा पनि यो साता वृद्धि हुने देखिन्छ । आइतबार प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया