
काठमाडौं, २४ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत आइतबारको खेलमा दिल्ली क्यापिटल्स्ले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गरेको छ । बैंगलोरले दिएको १५० रनको लक्ष्य पच्छाएको दिल्लीले १८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
दिल्लीका स्रेयस लायरले ६७ रनको योगदान दिए भने पृथ्वी सले २८ तथा कोलिन इन्ग्रामले २२ रन बनाए । बैंगलोरका मन्दीप सैनीले २ विकेट लिए ।
यसअघि पहिले ब्याटि गरेको दिल्लीले बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । बैंगलोरका कप्तान विराट कोहलीले ४१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । यस्तै मोइन अलीले ३२ रन बनाए ।
दिल्लीका कगिसो रबडाले ४ विकेट लिए भने सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।
जितसँगै दिल्ली अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । ६ खेलबाट तीनमा जित निकालेको दिल्लीको ६ अंक भएको छ । यस्तै हालसम्म सबै खेल हारेको बैंगलोर अंक विहिन हुँदै पुछारमा छ ।















प्रतिक्रिया