
काठमाडौं, २४ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत आइतबार जारी खेलमा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफ्नो तेस्रो ओभरमा विकेट झारेका छन् ।
रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा दिल्लीका लागि सन्दीपले १८ बलमा ३२ रन बनाएर खेलिरहेका बैंगलोरका मोइन अलीलाई आउट गरेका हु्न् । यो ओभरमा उनले थप ११ रन खर्चेका छन् ।
यसअघि पहिलो ओभरमा उनले १० रन खर्चेका छन् । जसमा बैंगलोरका कप्तान विराट कोहलीको २ रन रह्यो । मर्कस स्टोनिसले छक्का हानेर उनको ओभरलाई सुरुवात गरेका थिए । तर पछिल्ला बलहरुमा सन्दीले खुलेर खेल्न दिएनन् ।
दोस्रो ओभरमा उनले ६ मात्र खार्चे । यो ओभरमा उनले प्रत्येक बलमा एकएक रन दिएको थिए ।















प्रतिक्रिया