
काठमाडौं, २४ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत आइतबार जारी खेलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध दिल्ली क्यापिटल्स खेलिरहेको छ । दिल्लीबाट खेलेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफ्नो दोस्रो ओभर सक्काएका छन् ।
पहिलो ओभरमा उनले १० रन खर्चेका छन् । जसमा बैंगलोरका कप्तान विराट कोहलीको २ रन रह्यो । मर्कस स्टोनिसले छक्का हानेर उनको ओभरलाई सुरुवात गरेका थिए । तर पछिल्ला बलहरुमा सन्दीले खुलेर खेल्न दिएनन् ।
दोस्रो ओभरमा उनले ६ रन मात्र खर्चे । यो ओभरमा उनले प्रत्येक बलमा एक/एक रन दिएका थिए ।















प्रतिक्रिया