२ कार्तिक २०८३, सोमबार

अपाङ्ग एकता समाजमा थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, २९ माघ । अपाङ्ग एकता समाज इलामको छैटौँ जिल्ला अधिवेशनले पुनः प्रकाश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समाजको उपाध्यक्षमा रवीन्द्र अधिकारी, सचिवमा प्रकाश चापागाईं, सहसचिवमा पदम सुब्बा र कोषाध्यक्षमा उमा घिमिरे चयन हुनु भएका छन् ।

समितिका सदस्यमा कुमारी काफ्ले, बिन्ध्या निरौला, सदन राई, विजय श्रेष्ठ, शान्तिराम लुईंटेल रहनु भएका छन् । एक सदस्य कार्यसमितिले मनोनीत गर्ने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले गर्नुभएको थियो ।