४ कार्तिक २०८३, बुधबार

युवा सहकारीद्वारा १ सय ९ जेष्ठ नागरिकलाई कम्बल वितरण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भक्तपुर, २४ चैत । चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७० बर्ष माथिका १ सय ९ जना जेष्ठ नागरिकलाई कम्बल, हर्लिक्स र बिस्कुट वितरण गरेको छ ।

संस्थाले सामाजिक गतिविधि अन्र्तगत आफ्ना जेष्ठ सदस्यहरुलाई सम्मान स्वरुप २ लाख बराबरको सामग्री वितरण गरेको संस्थाका अध्यक्ष प्रल्हाद बास्तोलाले जानकारी दिए । उनले ९० बर्षिया बाटुली बास्तोलालाई सामग्री हस्तान्तरण गरि सम्मान कार्यक्रमको शुभारम्भ गरे ।

अनुभवले खारिएका जेष्ठ नागरिकहरुको सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य भएकाले सोही कर्तव्य निर्वाह गर्दै संस्थाले जेष्ठ नागरिकको सम्मान गरेको संस्थाका सचिव सोम शर्मा (बजगाईं)ले बताए ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा संस्थाका उपाध्यक्ष सविता खत्री, कोषाध्यक्ष प्रकाश बास्तोला, सल्लाहकार संयोजक श्रीराम लामिछाने, लेखा संयोजक जयराम बास्तोलालगायतले ७० बर्षदेखी ९३ बर्षसम्मका जेष्ठ नागरिकलाई नियमित रुपमा संस्थाले सम्मान गर्दै आइरहेको र जेष्ठ सदस्यका लागि सहारा योजना अन्र्तगत मासिक रकम प्रदान गर्दै आएको उल्लेख गरे ।

संस्थामा हाल ३ हजार ६ सय २४ सदस्य, १३ सय ३५ बाल सदस्य रहेका छन् भने संस्थाको २ करोड ८० लाख शेयर पूँजि र ४३ करोडको वासलात रहेको संस्थाका व्यवस्थापक विनोद लामिछानेले जानकारी दिए ।