काठमाडौं, २९ माघ । संविधानसभाको बैठक आज बस्दैछ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा जष्ठ सदस्य कुलबहादुर गुरुङले प्रश्नावली समितिले तयार पारेको प्रतिवेदन पेश गर्ने कार्य सूची छ ।
एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको बहिष्कारका बाबजुद तयार पारिएको प्रश्नावलीसहितको प्रतिवेदन बैठकमा पेश गर्न लागिएको हो ।
आजको बैठकलाई एमाओवादी नेतृत्वको विपक्षी मोर्च र राप्रपा नेपालले बहिष्कार गर्ने जनाएका छन् ।
मोर्चाले सहमतिमा संविधान माग गर्दै र राप्रपा नेपालले हिन्दू राष्ट्र, संवैधानिक राजतन्त्र, संघीयतालगायतलाई प्रश्नावलीमा नसमेटेको बिरोधमा बहिष्कार गर्न थालेका हुन् ।
स्रोतका अनुसार आजको बैठकपछि संविधानसभा दश दिनका लागि स्थगित हुने छ ।
तयार भएको प्रश्नावली र संविधान निर्माणको कार्यमा सहमति जुटाउने भन्दै बैठक स्थगित गर्न लागिएको हो ।















प्रतिक्रिया