४ कार्तिक २०८३, बुधबार

मलेसिया उड्यो यू–१९ नेपाली क्रिकेट टोली

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । एसिया छनोट खेल खेल्न नेपाली यू–१९ क्रिकेट टोली मलेसिया प्रस्थान गरेको छ । अप्रिल १० देखि मलेसियामा हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो ।

१४ सदस्सीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्ट र राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक जगत टमटाले विदाई गरे ।

एसिया छनोट अप्रिल १० देखि २० सम्म योजना हुने छ । छनोट खेलमा नेपाल सहित, युएई, कुवेत, मलेसिया, सिंगापुर र ओमनले प्रतिस्पर्धा गर्ने छ ।

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा पवन सर्राफ, सन्दीप जोरा, आसिफ शेख, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी र सुर्य तामाङ रहेका छन् ।