४ कार्तिक २०८३, बुधबार

सरकारले ह्वात्तै बढायो सवारी भपभोक्ता कर

13.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । स्थानीय तहले कर बढाएको भनेर आलोचना भइरहेका बेला सरकारले सवारी उपभोग कर बढाउने निर्णय गरेको छ ।

गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले सवारी साधनहरूको सडक उपभोग दस्तुरमा वृद्धि गरी यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार बैठकले सार्वजनिक सेवामा हड्ताल निषेध गरेको छ । ‘सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ’, मन्त्री बाँस्कोटाले भनेका छन ।