४ कार्तिक २०८३, बुधबार

जाजरकोटको शिवालयमा पनि सिभिल बैंकको शाखा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ चैत । सिभिल बैंक लिमिटेडले जाजरकोटको शिवालय गाउँपालिकामा शाखा स्थापना गरेको छ । शाखाको कर्णाली प्रदेशसभा सदस्य करबीर शाहीले औपचारिक उद्घाटन गरे ।

उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ युवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावल, शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाही, गाउँपालिकाका उपाध्यक्ष कुमारी थापा, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनीराम शर्मा लगायतको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य शाहीले अहिले पनि नेपालको कूल ४० प्रतिशत जनताले मात्र बैंकिङ कारोबार गर्ने र त्यसको ४० प्रतिशतभित्रको ४२ प्रतिशतले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेकोले बैंकको उपस्थितिबिना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गरे ।

ग्रामीण भेगमा बैंकको शाखा विस्तार हुँदा वित्तिय साक्षरताको अभिवृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक समृद्धि आउने शाहीले बताए ।

स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा स्थापना गरेकोमा गाँउपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गरे ।

सिभिल बैंकका प्रमुख माईक्रो बैंकिङ युवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । नेपाल राष्ट्र बैंकले स्थानियस्तरमा वित्तीय पहुँच पुर्याउने नीतिलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले जाजरकोटको शिवालय गाउँपालिकामा शाखा संचालनमा ल्याई जिल्लावासीलाई सहयोग गर्न पाएकोमा उनले खुसी व्यक्त गरे ।

सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने उनले बताए ।

साथै, प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने गुरागाईंले बताए ।

सिभिल बैंकले हालसम्म करीब तीन लाख ग्राहकहरु रहेका छन् । बैंकले करीब रु.४४ अर्व निक्षेप परिचालन गरी करीब रु.४४ अर्व कर्जा लगानी गरेको छ । शिवालय शाखासहित बैंकको कुल शाखा संख्या ७४ पुगेकोे छ ।