५ कार्तिक २०८३, बिहिबार

हलमा नलागेरै युट्युवमा आयो नन्दिता अभिनित ‘अमेरिकन बाबु मेड इन नेपाल’

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, । अभिनेत्री नन्दिता केसी अभिनित फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’ सिधै युट्युवमा आएको छ ।

अमेरिका र क्यानडामा प्रदर्शन भएको यो फिल्म शुक्रबारबाट युट्युवमा लइाइएको हो । वितरक तथा हलवालासँग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म सिधै युट्युवबाट रिलिज गरिएको निर्देशक ईश्वर थापाले जानकारी दिए ।

फिल्ममा बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अन्जली लामा, प्रवेश उप्रेती , प्रियंका आएर, रघु गिरि, जंगबु शेर्पा, सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।

राजेश गुरुङ, मन्जु राना र सम्झना उप्रेतीले निलेर फिल्म निर्माण गरेका हुन् ।