
–बिजय चालिसे
कावासोती, २१ चैत । नवलपुरको कावासोती १७ गोछडामा चौंथो नकआउट भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । टाईगर युवा क्लबको आयोजनामा यहि चैत २८ गतेबाट भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु हुने आज आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक पुस्परत्न महतोले जानकारी दिए ।
प्रतियोगितामा चितवन, रुपन्देही, नवलपुर, पश्चिम नवलपरासी लगायतका जिल्लाहरुबाट १६ टिमको सहभागिता रहने संयोजक महत्तोले बताए। प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजारसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मान बहादुर थनेतले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने आर्थिक समितिका संयोजक नन्द किशोर आचार्यले बताए । आयोजकका अनुसार खेलाडीहरु ४० बर्ष नाघेको हुनुपर्ने छ भने बैकल्पिक खेलाडी ५ जनाको उमेर भने ३५ बर्ष नाघेको हुनुपर्ने छ ।















प्रतिक्रिया