
काठमाडाैँ, २१ चैत । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील समूहको अग्रता देखिएको छ।
काठमाडाैँ जिल्ला अदालत बार र पाटन उच्च अदाल बारको करीव ५ सय मत गन्न बाँकी रहँदा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेल प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठ भन्दा ९४ मतले पछि परेका छन ।
पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ३ हजार ६ सय ७७ मतका साथ अग्रता लिइरहँदा लोकतान्त्रिक प्यानलका सुनिल पोखरेल ३ हजार ५ सय ८३ मतका साथ पछ्याइरहेका छन् ।
महासचिव पदमा भने लोकतान्त्रिक प्यानलका लिलामणि पौडेलको अग्रता छ । उच्च अदालत बार पाटन र काठमाडौँ बारको मतगणना सकिएपछि आजै अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी छ ।















प्रतिक्रिया