
काठमाडौं, २१ चैत । बुधबारको तुलनामा बिहीबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ५९ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउमा बिहीबार १ सय रुपैयाँले गिरावट आएको छ । बिहीबार बजारमा छापावाला सुन प्रतितोला ५९ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन बिहीबार प्रतितोला ५९ हजार १ सयमा कारोबार भइरहेको छ ।
चाँदी भने बुधबारको तुलनामा बिहीबार स्थिर रहेको छ । बुधबार प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ ।















प्रतिक्रिया