४ कार्तिक २०८३, बुधबार

बार एसोसिएसन चुनाव : प्रगतिशीलका श्रेष्ठ ५२ मतले अगाडि

11.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  २१ चैत । नेपाल बार एसोसिएसनको मतगणनामा प्रगतिशील (वामपन्थी) र प्रजातान्त्रिक समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ५२  मतले अग्रता लिएका छन्।

श्रेष्ठले दुई हजार सात सय ५७ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेलले दुई हजार सात सय ५ मत ल्याएका छन्।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल अगाडि छन्। पौडेलले दुई हजार आठ सय २७ मत पाउँदा प्रगतिशील पक्षका पक्षका सुरेन्द्रबहादुर थापाले दुई हजार पाँच सय ९३ मत प्राप्त गरेका छन्।

नेपाल बारको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो। १० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ मत खसेको थियो।