काठमाडौं, २८ माघ । कृषक वर्गमा खसीको खबर । अबदेखि कृषकले नयाँ व्यवसाय सञ्चालन गर्न दुई प्रतिशत व्याजमै ऋण अनुदान पाउने भएका छन् ।
यस्तो व्यवस्था नेपाल सरकारले गरेको हो । कृषि क्षेत्रको विकासका लागि सरकारले कृषकलाई दुई प्रतिशत व्याजदर मै ऋण उपलब्ध गराउने नीति ल्याउन लागेको हो ।
कृषि मन्त्री हरिप्रसाद पराजुलीले बुधबार एक कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि सरकारले कृषकलाई दुई प्रतिशत व्याजदर मै ऋण उपलब्ध गराउने नीति ल्याउन लागेको जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकासका लागि सरकार लागिपरेको छ, सरकारले कृषक परिचयपत्रको माध्यमबाट सिमान्तकृत कृषकलाई दुई प्रतिशत व्याजदरमा एक लाखदेखि १० लाखसम्म ऋण अनुदान दिने व्यवस्था गर्न लागेको छ ।”
कृषिलाई आधुनिकीकरण गर्न सरकारले ‘एक गाउँ दुई प्राविधिक’ अभियान ल्याएको बताउँदै उहाँले गाउँगाउँमा कृषि समूह बनाएर कृषि पकेट क्षेत्र घोषणा गरी सहयोग गरिने नीति छ भन्नुभयो ।















प्रतिक्रिया