२ कार्तिक २०८३, सोमबार

हुम्लामा हिम पहिरो, दुईजना बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himpat-dolpa-janajiwanहुम्ला, २८ माघ । सदरमुकाम सिमिकोटदेखि सात कोस टाढा पर्ने ठेहे गाविस–९ देजाम गाउँका भियाल लामा र फागलडप लामा हिम पहिरोमा परी बेपत्ता भएका छन् ।

जडीबुटी सङ्कलन गर्न गएका बेला उनीहरू हिमपहिरोमा परी बेपत्ता भएका हुन् । उनीहरूको स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो । रासस