
कावासोती, २० चैत । मिस नवलपुरको उपाधि त्रिबेणीकी ईसिका थापा क्षेत्रीले जितेकी छन् । नवलपुरको कावासोतीमा भएको प्रतियोगिताको फाईनलमा ईसिकाले मिस नवलपुरको उपाधि जितेकी हुन् । प्रतियोगिताको फाइनलमा निर्णायकको अन्तिम प्रश्नको जवाफ दिदैं क्षेत्रीले मिस नवलपुरको ताज पहिरिएकी हुन् ।
कावासोती एक महिना अघिदेखि सुरु भएको मिस नवलपुर २०७५ मा सबै भन्दा उत्कृट छनोट भई क्षेत्री मिस नवलपुर २०७५ घोषित भएकी हुन् । २०५९ सालमा बिनयीत्रिबेणी गाँउपालिका ६ मा जन्मेकी थापा अहिले कावासोती ३ मा रहेको मध्यबिन्दु क्यापसमा कक्षा ११ मा अध्ययनरत छिन् । मध्यम वर्गीय परिवारमा जन्मेकी ईसिका डान्स र बिभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा रुचि राख्छिन् ।
नवलपुर इभेन्टद्दारा सञ्चालित मिस नवलपुरको उपाधिको लागी छनोट भएका ४ जना मध्य ईसिका अन्य प्रतियोगी भन्दा अब्बल रहेको नवलपुर इभेन्टका सञ्चालक अमित गिरीले बताए ।
यस्तै मिस नवलपुर २०७५ को फस्ट रनरअप बिनयी त्रिबेणी गाँउपालिका १ की यमुना राना भएकी छिन् । राना अहिले १७ बर्ष की भईन् । उनी पनि कावासोतीको मध्यबिन्दु बहुमुखि क्यापसमा कक्षा ११ मा पढदै छिन् ।
यस्तै मिस नवलपुर २०७५ को सेकेण्ड रनरअप कावासोती १४ की सृजना बस्ताकोटी भएकी छन् । बस्ताकोटी अहिले २२ बर्ष की भईन् । उनिले पाल्पा तानसेको मोहन कन्या कलेजबाट ईन्जिनियरिङ गरेकी छन् ।
यस्तै मिस नवलपुर २०७५ को भियोर च्वाईसको उपाधि कावासोती २ की बर्षा थापाले पाएकी छन् । थापा अहिले १६ बर्षकी भईन् । उनि अहिले कावासोतीको मध्यबिन्दु बहुमुखि क्यापसमा कक्षा ११ मा पढदै छिन् । मिस नवलपुर २०७६ (सिजन २) को लागि आउदो माघ देखि प्रतियोगी छनोट कार्यक्रम सुरु हुने नवलपुर इभेन्टका सञ्चालक गिरीले बताए ।















प्रतिक्रिया