४ कार्तिक २०८३, बुधबार

सानिमा इन्स्योरेन्स र कैलाश बैैंकबीच बीमा सेवा सम्झौता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ चैत । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र कैलाश विकास बैंक लिमिडेटबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

कम्पनीकातर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरन श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे ।

कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी समेतको उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार ग्राहकहरुले कैलास विकास बैंकका सम्पूर्ण ९१ शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।