२८ आश्विन २०८३, बुधबार

धादिङ र पाँचधरका दुई नेपालीले गुमाए मलेसियामा ज्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia-nepali-worker-mirtu-baideshik-rojgari

अर्जुन काफ्ले

मलेसिया । अबैधानिक रुपमा काम गरिरहेका एक युवाको मलेसियामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

पाँचथर लुम्फावुङ्ग ५ का विरेन्द्र राईको मलेसियामा मृत्यु भएको हो । उनको शवलाई सँगै काम गरिरहेका साथीहरुले मलेसियामै दाहसंस्कार गर्न लागेका छन् । गत आइतवार काजाङ्गमा उनका साथीले चलाएको मोटरसाइकल दुर्घटनामा पर्दा राईको घटनास्थलमै मृत्यु भएको थियो भने उनका साथीको हाल काजाङ्ग अस्पतालमा उपचार भइरहेको छ ।

५ वर्ष अघि रोजगारीका सिलसीलामा मलेसिया आइपुगेका राई केहि वर्ष अघि देखि अबैधानिक रुपमा सिमोहनिया निर्वाना कम्पनीमा सुरक्षाा गार्डका रुपमा काम गर्दै आएका थिए ।

अबैधानिक रुपमा काम गरेका राईको शव घर पठाउन झन्झट हुने र सो कार्यका लागि खर्च पनि धेरै हुने भएकाले परिवारको सहमतिमा मलेसियामै दाहसंस्कार गर्न लागिएको उनका साथीहरुले बताएका छन् । राई परिवारले उनका साथी देवेन्द्र घिमिरेका नाममा शवको दाहसंस्कारको मन्जुरीनामा पठाएका छन् ।

यसैगरी धादिङ्का बीरे नेपालीले झुन्डिएर आत्महत्या गरेका छन् । एन डव्लु गार्मेन्टमा कार्यरत बीरेले कम्पनीले उपलव्ध गराएको होस्टलको चर्पीमा पासो लगाएर बिहीबार आत्महत्या गरेका हुन् । उनको पारिबारिक अवस्था बारे भने केही खुलेको छैन् ।