४ कार्तिक २०८३, बुधबार

सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्टको सहकार्यमा विद्यालय भवन हस्तान्तरण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ चैत । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा टाटा ट्रस्ट र टाटा कम्युनिटी इनिसियटिभ ट्रस्टको वित्तिय सहयोगमा हालैमात्र वलेफी गाउँपालिका ४ सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण गरिएको छ ।

जालपादेवी माध्यमिक विद्यालयको नवनिर्मित भवन अत्याधुनिक भुकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री रहेको छ । १२ कोठे भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपाङ्गमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष शम्भु प्रसाद दाहाल, सिप्रदी कम्पनीका सीईओ राजनबाबु श्रेष्ठ, सीओओ राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा टाटा मोर्टसका म्यानिफ्याक्चरिङ हेड (कर्पोरेट भेइकल विजनेस युनिट ) अजयलाल र टाटा ट्रस्टका सीओओ हरिस कृष्णस्वामीको उपस्थिमा विद्यालय भवन हस्तारण गरिएको छ ।

विद्यालयमा १२ वटा कक्षाहरु, लिङ्गभेदी, अपाङ्गमैत्री, सेवा सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरु उपलब्ध रहेका छन् । भवन पूर्ण रुपमा सुविधा तथा सामग्रीहरुले सुसज्जित भएको तथा भूकम्प निरोधक र अपाङ्गमैत्री प्रविधि सहित निर्माण गरिएको छ ।

टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा नेपाल अर्थक्युयिक रिह्याविटेसन ईनिसिएटिभको समन्वयमा सातवटा विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणमा सहयोग गर्दै आइरहेको छ ।

शारदा उच्च माध्यमिक विद्यालय र जालपादेवी माध्यमिक विद्यालय निर्माण सम्पन्न भईसकेको छ भने अन्य विद्यालयहरु कुपकन्या माध्यमिक विद्यालय, मार्मिङ आधारभूत बिद्यालय, तपिनारायण आधारभूत विद्यालय, जनज्योति आधारभूत विद्यालय, र पुल्पिङकट्टि स्वास्थ्यचौकीको पुनर्निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।

जसले गर्दा विद्यार्थी, शिक्षक र समुदायलाई दिगो रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नेछ ।