
काठमाडौं, १८ चैत । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाबविरुद्ध दिल्ली क्यापिटल्सबाट खेलिरहेका सन्दीप लामिछानेले दोस्रो विकेट झार्दै आफ्नो ओभरको सुखद अन्त्य गरेका छन् ।
यसअघि आफ्नो पहिलो ओभरमा विकेट लिँदै सुखद् शुरुवात गरेका सन्दीपले विकेट लिँदै ओभर सकाएका छन् । पञ्जाबका एस एन खान सन्दीपको दोस्रो विकेट रुपमा सिकार भएका हुन् ।
पहिलो विकेटमा उनले साम करणलाई आउट गरेका थिए । उनको चार ओभर नै शुखद् रह्यो । जसमा उनले २७ रन खर्चिएर २ विकेट लिएका छन् ।















प्रतिक्रिया