२ कार्तिक २०८३, सोमबार

लागूऔषधको केन्द्रविन्दु बन्यो बाँकेको नेपालगञ्ज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DPO Banke– विश्वराज पछल्डङ्ग्या

नेपालगन्ज, २८ माघ । प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो समय बाँके जिल्ला लागूऔषध प्रयोगकर्ताको अड्डा बनेको छ ।

एक वर्षभित्र जिल्ला प्रहरी कार्यालयमा १११ वटा लागूऔषध सम्बन्धि मुद्दा दायर भएका छन् । जिल्ला प्रहरी कार्यालयको रेकर्ड अनुसार सवैभन्दा धेरै लागूऔषध सम्बन्धि मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

गत पौष २३ गतेदेखि यहि माघ २२ गते (एक वर्ष) को अवधिमा ९३६ ग्राम १६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसअवधिमा २१ किलो ५ सय ग्राम अफिम, ४२ किलो ७३० ग्राम चरेश, २५ लिटर ७ सय मिलिलिटर कोरेक्स, ६ सय ७३ ट्याब्लेट नाइट्रोजेपाम र ९ किलो ४ सय ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
लागूऔषध विक्रि वितरण गर्ने कारोबारमा संलग्न १ सय ७१ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिउ मास्ने बेच्ने उद्योगतर्फ ३४ वटा मुद्दा दर्ता भएकोमा ३२ वटा फच्र्योट भएको र पुर्पक्षका लागि १७ जना थुनामा रहेको र २५ जना धरौटी राखेर तारेखमा छुटेका छन् । जिउ मास्ने बेच्ने उद्योग गर्नेमा पुरुषमात्र रहेको तथ्यांकले देखाएको छ । प्रहरीका अनुसार जिउ मास्ने बेच्ने उद्योग गर्नेमा ४२ जना पुरुष छन् ।

एक वर्षको अवधिमा १४ वटा मुद्धा दर्ता भएकोमा १४ वटा नै फच्र्योट भएका छन् । मानव वेचविखनतर्फ १७ जना पक्राउ गरेकोमा २ जना महिला र १५ जना पुरुष छन् । ति मध्ये धरौटी राखेर कोहि पनि छुटेका छैनन् ।

प्रहरीका अनुसार कर्तब्य ज्यानसम्बन्धि ९, गर्भपतन २, ठगी १८, नागरिकता २ र बहुविवाहका १३ वटा मुद्धा दर्ता भएका छन् । एक वर्षको अवधिमा जवरजस्ती करणीका ३२ वटा मुद्धा दर्ता भएका छन् भने जवरजस्ती करणी उद्योग सम्बन्धि १७ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सवारी ज्यानतर्फ ४२, नकवजनी चोरीतर्फ २, साधारण चोरी २०, अंगभंग २, किर्ते ७, जुवा ६, अप्राकृतिक मैथुन २, प्राचिन स्मारक ऐन सम्बन्धि २, आगोे लगाएको १, गौवध २, अपहरण ६, चन्दा ऐन १ र हातहतियार खरखजाना सम्बन्धि गरि ५ सय ८९ वटा मुद्धा दर्ता भएको बाँके प्रहरीले जनाएको छ ।

बाँके जिल्लामा विभिन्न अपराधमा संलग्न रहि फरार रहेका र स्थानीय जनमानसमा डर, त्रासको वातावरण सिर्जना गरि ठेक्कापट्टा कार्यमा हस्तक्षेप गर्ने ५७ जनालाई पक्राउ गरि कानून बमोजिम कारवाही गरिएको छ ।

एक वर्षको अवधिमा ५४ जना जुवाडेलाई पक्राउ गरिएको छ भने विभिन्न अदालतले दोषि ठहर गरि कारवाहीको फैसला गरेकोमा फरार रहेका २९२ जनालाई पक्राउ गरि कारवाहीको दायरामा ल्याइएको छ ।

विभिन्न बारदातमा संलग्न रही बारदात स्थलबाट नै फरार रहेका २४ जना अभियुक्तलाई पक्राउ गरि कारवाही गरिएको पनि बाँके प्रहरीले जनाएको छ ।