
काठमाडौं, १७ चैत । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको पहिलो खेलमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरले लज्जासपद हार ब्यहोरेको छ । बैंग्लोरलाई सनराईजर्स हैदरावादले १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
२ सय ३२ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ दशमलव १ ओभरमा अलआउट हुदै १ सय १३ रन मात्र बनाउन सक्यो । कोलिन डि ग्रान्डहोमले ३७ रन जोडे । ओपनर पार्थिव पटेल ११ रनमा आउट भए भने अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कप्तान विराट कोहली ३ रनमा आउट भए । एबीडी भिलियर्स १ रनमा पोविलियन फर्किएका थिए । हैदरावादका मोहमद नाबीले ४ तथा सन्दिप शर्माले ३ विकेट लिए ।
यसअघि हैदरावादस्थित राजिब गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा २ विकेट गुमाएर २३१ रन बनाएको थियो ।
हैदरावादको फराकिलो स्कोरमा जोनी बेष्ट्रो र डेभिड वार्नरले शतकीय इनिङस खेले ।
सुरुवातका तीनै खेलमा बैंग्लोरले लज्जास्पद हार ब्यहोरेको छ । तालिकाको पुछारमा रहेको बैंग्लोरले अंक विहिन छ भने शीर्ष स्थानको हैदरावादले ४ अंक जोडेको छ ।
यस्तै आईपीएल क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स् खेल्दै छन् ।















प्रतिक्रिया