काठमाडौँ, २८ माघ । वीर अस्पतालमा एमडी तहको अध्ययनका लागि नाम निकाली दिने भन्दै ६० लाख रुपैंया घुस लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौंमा बसोबास गर्दै आएका वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडभरी, नवलपरासी घर भई महाराजगन्ज काठमाडौँ बस्ने राजेश कहाँर र धनुषाको महेन्द्रनगर घर भई काठमाडौँ चाबहिल बस्दै आएका रवि पौडेल रहेका छन् ।
उनीहरुले सप्तरी सिमराह सित्रियौन ४ घर भई अहिले काठमाडौँ बालाजुस्थित जनमैत्री अस्पतालमा कार्यरत डा. मनोजकुमार साहलाई एमडी अध्ययनका लागि ग्यारेन्टीका साथ नाम निकालिने भन्दै ६० लाख रुपैँया घुस लिएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
पक्राउ परेका तीन जना मध्ये वीर अस्पताल कर्मचारी युनियनको सचिव दीपक मुडभरीले वीर अस्पतालबाट सम्पूर्ण किर्ते माइन्युट र डा. मनोज शाहको पोष्टिङ्गको पत्र समेत किर्ते बनाएको भेटिएको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया