
काठमाडाैँ, १७ चैत । ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
हलेसीबाट काठमाडाैँका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागि उदयपुर अस्पतालले काठमाडौं रिफर गरेको जनाएको छ। जीप ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । गाडी सडकबाट तीन सय मिटर तल खोलामा खसेको बताइएको छ।
मृतक तथा घाइतेबारे सनाखेत खुलिसकेको छैन।















प्रतिक्रिया