४ कार्तिक २०८३, बुधबार

फिफा वरियतामा पाँच स्थान माथि उक्लियो नेपाली महिला टिम

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । महिलाको फिफा वरियतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपालले पाँच स्थान सुधार गरेको हो ।

नयाँ वरियतामा नेपाल १०३ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १०८ औं स्थानमा रहेको थियो । दक्षिण एसियाको वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल अघि भारत ६३ औं स्थानमा रहेको छ ।

दक्षिण एसियामा बंगलादेश १२७ औं, श्रीलंका १३४ औं, माल्दिभ्स १३६ औं र भुटान १५९० औं स्थानमा रहेको छ ।

नयाँ वरियतामा अमेरिका शीर्ष स्थानमा रहेको छ । यस्तै जर्मनी दोस्रो, इंग्ल्यान्ड तेस्रो,फ्रान्स चौथो र क्यानडा पाँचौ स्थानमा रहेका छन् ।