
काठमाडौं, १५ चैत । नेपाली र चीनियाँ व्यवसायीहरूबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । चीनको ग्वान्सु प्रान्तका व्यवसायीहरू नेपाली व्यवशायीसँग सहकार्य गर्नका लागि सहमत भएका हुन् ।
व्यवशायीहरुबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चिनियाँ व्यवसायी, लगानीकर्ता र उद्यमीहरुको उल्लेख्य सहभागितामा शुक्रबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ र ग्वान्सु प्रान्तका व्यवसायीहरुबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गरेर अघि बढने सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट चीनको ग्वान्सु प्रान्तको वाणिज्य विभागका उपमहानिर्देशक ह्वाङ यिङलिङले हस्ताक्षर गरेको सहमति पत्रमा दुई मुलुकका व्यवसायीबीच कृषि, फेशन, सौन्दर्य, खाद्य उद्योग, जडिवूटी, औषधि, खेलकूद सामग्री, गहना लगायतका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।















प्रतिक्रिया