४ कार्तिक २०८३, बुधबार

मिडिया कप फुटसलको उपाधी प्रेस संगठन नेपाललाई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ चैत । नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘मिडिया कप फुटसल प्रतियोगिता २०७५’ को उपाधी प्रेस संगठन नेपालले जितेको छ ।

नेपाल प्रेस युनियन र प्रेस संगठन नेपालबीच उपाधिका लागि भएको फाइनल प्रतिष्पर्धामा प्रेस संगठन नेपालले ६–१ को गोल अन्तरले प्रतियोगिताको उपाधी हात पारेको हो ।

विजेता र उपविजेता टिमलाई महासंघका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल हस्तान्तरण गरे ।

प्रतियोगितामा विजेताले दश हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । उपविजेताले सातहजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् त्यस्तै तेस्रो स्थान हासिल गर्न सफल इमेज च्यानलले पाँच हजार नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छन् ।

नगद र प्रमाणपत्र महासंघको स्थापना दिवसको अवसरमा शनिबार महासंघमै आयोजना हुने विशेष कार्यक्रममा वितरण गरिने महासंघका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताए ।

प्रतियोगितामा १३ गोल गर्दै उच्च गोल कर्ता प्रेस संगठन नेपालका खेलाडी दिपेन्द्र गुरुङ्ग बेस्ट स्कोररको विजेता बने । त्यसैगरी, प्रतियोगिताकै बेस्ट प्लेयर नेपाल प्रेस युनियनका खेलाडी निशान राई घोषित भए ।

बिहीबार र शुक्रबार गते शान्तिनगर फुटसल, ओम शान्तिचोकमा खेलाइएको प्रतियोगितामा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न एघार संघ–सस्थाका टोलीले भाग लिएका थिए ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (ए), नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (बी), सूचना विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (ए) , नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (बी), इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल, नेपाल पत्रकार मञ्च लगायतले भाग लिएका थिए ।