४ कार्तिक २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकको दुई शाखा एकै साथ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ चैत । आधुनिक बैंकिङ ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ ।

महेन्द्रनगर शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि बिष्टले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ व्यवसाय प्रवद्र्धनको शुभकामना व्यक्त गरे ।

वीरेन्द्रनगर शाखाको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी ) ले गरिन् । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथिले जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराकासाथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

शाखा कार्यालयहरुको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी अनौपचारिक रुपमा देशैभरी १ सय १४ वटा शाखा, २२ वटा एटीएम र करिब छ लाखग्राहकलाई आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, एटीएम कार्ड सेवा, एबीबीएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।