५ कार्तिक २०८३, बिहिबार

चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत वुधबार सार्वजनिक भएको हो ।

चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गीतको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगित पनि मगरकै रहेको छ ।

चलचित्रमा समावेश गीत प्रेममय रहेको छ । यसअघि निर्माण पक्षले चलचित्रको पहिलो पोष्टर गत ७ गते सार्वजनिक गरेको थियो ।

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेका छन् । योगिराम फिलिम्स्को प्रस्तुति रहेको चलचित्र योगेन्द्र प्रसाद पनेरु र राम खड्का, श्याम खड्काकोको लगानीमा निर्माण गरिएको हो ।

सुवास देवकोटाको सम्पादन रहेको चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ले चलचित्र बितरकको जिम्मा लिएका छन् । लक्षु गौतमको निर्देशन रहेको ‘कालो वर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुँदै छ ।