८ कार्तिक २०८३, आइतबार

पत्नीद्वारा हेमन्तप्रकाशको स्वास्थ्य चिन्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । पक्राउ परेका विप्लव नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश ओली पाँच रोगका बिरामी भएको उनकी पत्नीले बताएकी छन् ।

पतिको स्वास्थ्य समस्याबारे चिन्ता व्यक्त गर्दै पत्नी अम्बिका चन्दले भनिन्, ‘सुगर, प्रेसर, युरिक एसिड, क्लोस्टोरल र प्रोस्टेटेडका औषधि खाइरहनुभएको छ ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

चन्दका अनुसार ओलीले सुगरको आठ वर्षदेखि र प्रेसरको १२ वर्षदेखि औषधि खाइरहेका थिए । ओलीले युरिक एसिड, क्लोस्टोरल र प्रोस्टेटेडको डेढ वर्षदेखि औषधि खाँदै आएका थिए ।

नियमित औषधि खानुपर्ने भएकाले धेरै दुर्गममा बस्न नसक्दा गत शनिबार काभ्रेबाट काठमाडौं फर्कंदै गर्दा ओलीसहित नौजना पक्राउ परेका थिए । उनलाई आइतबार जिल्ला अदालत ललितपुरले आठ दिनको म्याद थप गरेको थियो ।

‘उहाँले कुन औषधिपछि कुन खाने भन्ने कुरा नै बिर्सनुहुन्छ, मैले नै सम्झाउँथे कुनैवेला स्टाफले सम्झाएपछि खानुहुन्थ्यो,’ चन्दले भनिन्, ‘पक्राउ परेपछि खै के हुने हो चिन्ता लागिरहेको छ ।’

जनयुद्धमा तीन वर्ष बाजुरा जेल बस्दा टाउकोमा गम्भीर चोट भएकाले कुनैवेला टाउको धेरै दुख्ने गरेकोसमेत उनले बताइन् ।