
काठमाडौं १३ चैत्र । कतार एयरवेजको अल डर्ब् कताराइजेशन प्रोग्राम तथा कतार फाउण्डेशन (क्यू.एफ) ले साझेदारी घोषणा गरेका छन् जसले उक्त एयरलाइनको अल डर्ब् क्याडेट पाइलट प्रोग्रामका विद्यार्थीहरुलाई उनीहरुको क्याडेट पाइलट तालिम अघि कतार फाउण्डेशनको एकेडेमिक ब्रिज प्रोग्राम (ए.बि.पि.) को पढाईबाट लाभ उठाउने मौका प्रदान गर्नेछ ।
कतार फाउण्डेशनको प्रि–युनिभर्सिटी एजुकेशन (पि.यु.ई) को अंशको रुपमा ए.बि.पि. ले माध्यमिक विद्यालय उत्तीर्ण विद्यार्थीहरुलाई विश्वविद्यालयका निमित्त तयारी गराउने दृष्तिकोणले सहयोग पुर्याउन शैक्षिक तथा व्यक्तिगत सिप प्रदान गर्दछ । ती सिपहरु प्राप्त गरिसके पश्चात् कतार एयरवेजका आवश्यकता अनुसार क्याडेट पाइलटहरु कमर्शियल पाइलट ट्रेनिङका लागि योग्य हुनेछन् ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भने, “कतार फाउण्डेशन तथा एकेडेमिक ब्रिज प्रोग्रामसँग यस साझेदारी गर्न पाएकोमा हामी निकै हर्षित भएका छौँ जसले कतारी नागरिकहरुलाई कतार एयरवेजमा क्याडेट पाइलट तालिम अघि आवश्यक शैक्षिक तथा व्यक्तिगत सिप प्रदान गर्नेछ । ”















प्रतिक्रिया