४ कार्तिक २०८३, बुधबार

गल्फ आयल तेस्रो सहिद कप टी–ट्वान्टी ट्रफिको प्रायोजक

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । अन्तर्राष्ट्रिय गल्फ आयल इन्टरनेशनलको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडड तेस्रो सहिदकप टी–ट्वान्टी ट्रफिको लागि प्रयोजकका रुपमा रहेको छ ।

प्रदेश नं. २ मा भइरहेको यो क्रिकेटको प्रमुख टुनामेन्ट हो । यस्तो टुनामेन्ट वार्षिक रुपमा आयोजना हुने गर्दछ । गएको सोबारदेखि जनकपुरमा जारी प्रतियोगिता १९ गतेसम्म चल्नेछ ।

यसले युवावर्गलाई खेलको आवश्यकता, मूल्य तथा महत्वबारे विशेष योगदान दिने विश्वास लिइएको छ । साथै, सहिद तथा उनीहरुका परिवारप्रतिको सम्मानका रुपमा पनि यो खेललाई लिने गरिन्छ ।

नेपालमा गल्फ एक स्थापित ब्राण्डका रुपमा परिचित नाम हो । यसले नेपालमा हुने विभिन्न फुटबल वा क्रिकेट जस्ता खेलहरुमा प्रायोजन समेत गर्दै आएको छ भने कम्पनीले चेन्नाइ सुपर किङ्ग, म्यानचेस्टर युनाइटेड जस्ता अन्तर्राष्ट्रिय टिम तथा प्रतियोगिताहरुमा समेत साझेदारका रुपमा रहँदै आएको छ ।

गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट उत्पादक कम्पनी हो ।